विद्यालय र विद्यार्थीलाई अब निःशुल्क इन्टरनेट, शिक्षा मन्त्रालयको यस्तो छ तयारी

काठमाडौं, २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई ईन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने भएको हो ।

हाल कित स्थानहरुमा कोरोनाभाइरस महामारीले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन भईरहेको छ । इन्टरनेट पुगेका ठाउँमा अनलाइन कक्षा र इन्टरनेट पहुँच नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घर-घरसम्म पुगेर सिकाइलाई निरन्तरता दिईरहेका छन् ।

‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका’ अन्तरगत हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन लागेको हो।

शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई निल्शुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको प्रवक्ता दीपक शर्माको भनाई छ । उनका अनुसार असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा निःशुल्क उपलब्ध गराउनेबारे निर्णयमा पुग्ने बताए । मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा मन्त्रालयको भूमिमा इन्टरनेट निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका अनुसार एकीकृत शिक्षा पोर्टल निर्माण गर्ने र शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, भर्चुअल ल्याब लगायत रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति