चितवनमा थप एकको मृत्युपछि कोरोना पुष्टि

चितवन, २६ भदौ । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी बर्दघाट सुस्तापूर्व का तीन तथा बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति