हुलाकी हलकरालाई सर्बोत्कृष्ट निजामती पुरस्कार दिँदा के फरक पर्छ ?

म आफै राष्ट्रसेवक कर्मचारी । मैले सरकारको निर्णयलाई बेठीक भयो भन्ने आशयबाट यो लेख लेखिरहेको छैन । मात्र एउटा सच्चा राष्ट्र सेवक र हुलाकमै लगभग १० बर्ष बिताएको नाताले सरकारलाई सूचना दिनुलाई आफ्नो कर्तब्य ठनेको मात्र हुँ । यसमा कुनै गल्ती भए म माफ माग्न चाहान्छु ।

संसारमै हुलाक र हुलाकीको इतिहास देखि नै ठूलो महत्व देखिन्छ, संचारको आजको युग हामीले देखनुमा येही हुलाक र हुलाकिको योगदान को प्रतिफल हो भन्नेमा सायद कसैको बिमति नहोला । हुलाकीले घण्टी बजाउदै आउँदा राजाले पनि बाटो छोड़नु तत्कालीन ब्यबस्थाबाट पनि हुलाकीको महत्व सोझै आंकलन गर्न सकिन्छ्र संचार र सूचना प्रबिधिको बिकसले हुलाकको पुनर्संरचनमा भने दबाब परेको देखिन्छ जसलाई राज्यले ढिलो नगरी सम्बोधन गर्नुपर्ने हुन्छ ।

भाद्र २२ गते नेपालमा निजामती दिवस मनाउने चलन छ, राज्य संचालनको महत्वपूर्ण सेवा भएका नाताले यसको कानून बन्दाको दिनलाई स्मरण गर्दै बिबिध क्रियाकलापका साथ यो दिबस मनाईन्छ । भलै यो बर्ष कोरोनाका कारण त्यो अबस्था रहेन, यसै सन्दर्भमा निजामती पुरस्कारद्वारा पनि केही कर्मचारी सम्मानित गर्ने परम्पराको थालनी गरिएको छ जसले यो बर्ष पनि निरन्तरता पायो ।

निजामती पुरस्कारको बितरण पश्चात केही पत्रपत्रिका, अनलाइन खबर लगायतमा यसका सकारात्मक र नकारात्मक बिचार बीश्लेषणहरु खुबै जोडतोडका साथ बाहिर आए । धेरै कर्मचारीबाट थोरै कर्मचारी छ्नोट गर्न तेति सजिलो बिषय पनि होइन र धेरैले पुरस्कार नपाउदा टिकटिप्पणी त आई हाल्छ नै, त्यसैमाथि केही कर्मचारीको गलत क्रियाकलापका कारणले जताततै ईमानदार र सोझा कर्मचारीले पनि दैनिक गाली पाउने गरेकै छन् । यति सम्म पनि भन्न पछि परिदैन की पुरस्कारले मात्र पाउने गरेका छन तर सत्य त्यो होइन पुरस्कार काम गरेकैले पाउनु भएको छ । बरु सत्य के हो भने सबै राम्रा काम गरेका कर्मचारीले पुरस्कार पाउन सक्नुभएन । पुरस्कार पाउनुहुने सबैलाई बधाई छ ।

पुरस्कारकै सन्दर्भमा उत्कृष्ट निजामती पुरस्कार पाउन कुनै कर्मचारी नभेटिएको भन्ने खबरले एक दुई दिन बजार मजाले तात्यो । यसले मलाई पनि केही कौतुहल्ता जगायो । सरकारले अरु पुरस्कार दिन कर्मचारी हुने र त्यसकै लागि कर्मचारी नहुने जस्तो गरी काम नगरेको भएपनि हुन्थ्यो । त्यो पुरस्कार प्राप्त गर्ने पक्कै पनि केही सूचकहरु छन, जसमा राज्यका लागी गरिने योगदान ,त्यस बाट प्राप्त परिणाम ,परिणाम बाट देखिएको परिबर्तन, इमन्दरिता, नैतिकता सेवा भाब नै मुख्य बिषय होलान् । सूचकहरु मेल नखाँदा नै पुरस्कारको ब्यबस्था नभएको होला भन्ने मेरो सानो बुझाई छ । पुरस्कार प्राप्त गरेकाले बिगतमा गल्ती गरेको कारण सरकार सतर्क रहनु पनि नराम्रो पक्ष होइन । तर, सरकारले हुलाक हेरेको भए त्यस्ता कर्मचारी हुलाकमा भेटिन सक्थे होला भन्ने मात्र मेरो आशय हो ।

इमन्दिरता, त्याग समर्पण र सेवाको हिसाबमा हुलाक चलाएका हुलाकी हलकारलाइ समझदा सरकारको इज्जत नै बढ्ने देखिन्छ्र कमजोरलाई नै जोड दिएर माथि उठाऊदा सरकार प्रतिको बिशवास र जग बलियो हुने हो । जिल्ला हुलाक कार्यालय ओखलढुंगामा भर्खर सरुवा भएर आएपश्चात मैले यो महसूस गरेकी काठमाण्डौमा बसेर १० बर्ष हुलाकमै बिताउँदा पनि मैले गाउँले हुलाकी देखेको रहेनछु । अहिले पनि हुलाकको काम छ र ? भन्नेहरुकै भीडमा हराएको रहेछु । तर, वास्तविक्ता धेरै फरक रहेछ । हुलाकी संगका कुराकानी र देखेका आधारमा २ लाखौँको पुरस्कारबाट सम्मानित गर्दा गौरव गर्न लायक नै छन् हुलाकीहरु भन्ने मनमा लाग्यो कारण यस्तो छ:

१. हुलाकीहरु अहिले पनि लोभ लालच बिना ईमानदारपुर्बक काम गरिरहेकाछन् ।
२.बिगतमा बर्षाको भेलमा पनि खोला नाला तर्दा कयौँ हुलाकी बगेकका र आफू बाँचेर अहिलेसम्म सेवा गर्न पाउँदा खुशी लागेको कुरा बताउँछन् भने अहिले पनि त्यो अबस्थमा काम गरेकै छन् ।

३. सादा पोशाकमा निलो थैलो लाज नमानी गौरबकासाथ खच्चरले जस्तै बोकेर सहरकै बाटो हिँडिरहेका छन् ।
४. एउटा छाता र झोला पाऊदा फूरूङ्ग पर्दै खुसिले गदगद भएका छन् ।
५. २/३ घण्टा अहिले पनि जृत्ताका तलुवा खियाउँदै हिँडेर दैनिक आउने जाने गरेका छन् ।
६. संकटको बेलामा त्यो चिट्ठी पुलिंदा बोक्ने हुलाकी बाहेक अरु कोही थिएनन् ।
७. नागरिकहरु पनि हुलाकीलाई सम्मान गर्दा खुशी हुने बताउँछन् ।
८.जनतामा संचारको भर पर्दो साधन हुलाक र हुलाकी नै हो । जसको कामको परिणाम चिट्ठीभित्रको सानो कागजमा देखिन्छ भन्ने बुझाई सबैमा अवगत नै छ ।

यी र यस्ता कारणले हुलाकीलाई त्यो बाँकी राखेको पुरस्कार दिँदा कसैको चित्त फाटने देखिँदैन् । सम्मान लिनभन्दा पनि दिन सक्नुपर्छ्र बलियोलाई भन्दा पनि कमजोरलाई जोड दिनु पर्छ । बलियो जग हुनु पर्छ र घर बलियो हुन्छ । त्यसैले आगामी बर्षको पुरस्कार यत्तिकै नजाओस हुलाकीमा नजर पुगोस् सरकार । (लेखक शाखा अधिकृत हुन्)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board