पाटन अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति