चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

चितवन, २६ भदौ । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बिहीबार राति आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति