अमेरिकामा कोरोना संक्रमितको संख्या ६५ लाख ८८ हजार नाघ्यो

काठमाडौं, २६ भदौ । अमेरिकामा थप ३८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍११ हजार ९३२ जनामध्ये १४ हजार ५०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ३२८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति