भारतमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन ९६ हजार मानिस संक्रमित

काठमाडौं, २६ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण भारतमा तिव्र गतिमा फैलिएको छ । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति