बरिष्ठ कुटनीतिज्ञ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक आउंदै

काठमाडौं २५ भदौ । बरिष्ठ कुटनीतिज्ञ रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशित हुँदैछ । पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेस छन् । पूर्व पररास्ट्र मन्त्रि समेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलन देखि बर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक(सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविस्यका बारेमा विस्तारमा चर्चा गर्नुभएको छ ।


पुस्तकका सन्दर्भमा लेखक भन्नुहुन्छ – २००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफै संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आशा गरेको छु ।


सुन्दरीजल सैनिक जेलबाट बीपीले मलाई लेख्नुभएका चिठीहरु कालजयी छन् । पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु प्रासङ्गिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुने छन् । ु
लेखकको यस अघि प्रकाशित पुस्तक कूटनीति र राजनीति चर्चित रह्यो । उक्त पुस्तकको सातौँ संस्करण पनि क्रान्ति र प्रतिक्रान्ति संगै बजारमा उपलब्द हुनेछ । पुस्तक असोज दोस्रो साताबाट बजारमा उपलब्ध हुनेछ ।
दुई वर्ष अघि पाण्डेको कुटनीतिर राजनीतिनामक पुस्तक छैठौं संस्करणसम्म प्रकशित भएको थियो । त्यो पुस्तक समेत नेपाली राजनीतिक इतिहासको एक अनिवार्य सन्दर्भ सामाग्री हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board