काठमाडौं २५ भदौ । बिहीबार बेलुकाकाको लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको बताइएको छ । मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित अर्को जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।
सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै सरकारको प्रवक्ता पद खाली छ ।
प्रतिक्रिया