चैत १० देखि साउन ४ गतेसम्म २२१८ जनाद्वारा आत्महत्या

काठमाडौं, २५ भदौ । नेपालमा बन्दाबन्दीको समयमा २ हजार बढी मानिसले आत्महत्या गरेका छन् । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिसका अनुसार चैत १० देखि साउन ४ गतेसम्म २ हजार २१८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६र७७ मा ६ हजार २७९ जनाले आत्महत्या गरेका छन् । यो संख्या २०७५÷७६ को भन्दा ९.१२५ प्रतिशतले बढ्ेको सरोकारवालाहरु बताउछन् । जसमा महिलाको तुलनामा पुरुषले धेरै आत्महत्या गरेको तथ्यांकले देखाएको छ । २०७६/७७ मा ३ हजार ४१९ पुरुष, २ हजार १९७ जना महिला, ४१० बालिका र २५२ जनाले आत्महत्या गरेका थिए । यो तथ्याँक हेर्दा नेपालमा कोरोनाले भन्दा बढी मृत्यु आत्महत्या रहेको देखिएको छ । यस तर्फ सचेत हुनुपर्ने देखिन्छ ।

सरोकारवाला निकायहरु आत्महत्याको कारण पहिल्याएर नीतिगत पहलकदमी लिन पर्ने बताउदै आएका छन् । प्रहरी पूर्व डिआइजी पिताम्बर अधिकारीले पिडा, समस्या असफलतालाई जोडेर मुक्तिका लागि आत्महत्या रोजिरहेको पाइएकाले सर्वप्रथम व्यक्तिको समस्या समाधानतर्फ लाग्नपर्नेमा बताउनुहुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board