चितवनमा थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ भदौ। चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको हो । बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन् । उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन् ।

यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति