काठमाडौं, २४ भदौ । उपत्यकामा जारी निषेधाज्ञा अब खुकुलो हुने भएको छ । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।
बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको हो । बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
उनले उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको बताए । दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।
COMMENTS