काठमाडौं, २४ भदौ । । काठमाडौँ उपत्यका १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बसेको बैठकमा ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ । बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको दाहालले बताए ।
COMMENTS