देशभर थप १०८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, २४ भदौ । नेपालमा बितेको २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको सरकारी तथ्यांकमा छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

थप ६ जनाको मृत्यु
कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म ३१२ जनाको कोभिड-१९ का कारण मृत्य भएको छ । अहिले नेपालमा १५,०२५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७,०३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १६२ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन्। क्वारन्टीनमा ५,४८० जना रहेका छन्। यो अवधिमा ११,१६७ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप ४६४ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाईरस कोभिड १९ का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा यससँगै संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board