उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३९४ ललितपुरमा, ३४ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जनाको ११ हजार १६७ पीसीआर परीक्षण गर्दा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांमा छ ।

२४ घण्टामा कोरोनाबाट निको भई ९ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४९,हजार २१९ रहेको छ । आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९८८ रहेको छ । होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३१२ पुगेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board