सम्पादकीय

बीपीका योगदानको वस्तुनिष्ठ मूल्यांकनको खाँचो

आधुनिक नेपालको राजनीतिक इतिहासको पहिलो पंक्तिमा गौरवपूर्ण ढंगले लेखिने नाम हो, बीपी कोइराला । २००७ सालको क्रान्तिको सफलतापछि २०१५÷१६ सालको प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइराला राजनीतिक हिसावले प्रजातान्त्रिक क्रान्तिकारी थिए । त्यसैका प्रभावस्वरुप पहिलो जननिर्वाचित सरकारले ‘विर्ता प्रथा उन्मूलन’ र ‘जग्गा जोत्नेकै हुनपर्छ’ भन्ने आशयको भूमिसुधारजस्ता दर्जनौं कार्यक्रम ल्याएर नेपालमा समाजवादउन्मूख राजनीतिक र आर्थिक एजेण्डाको बीजारोपण गरेको श्रेय बीपीलाई जान्छ भन्दा अन्यथा हुंदैन । लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्वमा रहेका बीपीले त्यस दललाई ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को नारा दिएर समकालीन नेपाली राजनीतिको प्रमुखतम् पार्टीका रुपमा उभ्याइदिए । तर स्वयं उनको पछिल्लो जीवनको अधिकतर समय भने जेल, नेल र कठीन संघर्षमै व्यतीत भयो । त्यस हिसाबले उनले समाजलाई जरैमा पुगेरक बुझ्न पाएनन् ।

राजा महेन्द्र, राममनोहर लोहिया र बीपी कोइराला, फाइल फोटो


बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई आज पनि नेपाली कांग्रेसले आफ्नो सैद्धान्तिक र राजनीतिक रक्षा कवचको रुपमा प्रयोग गर्दै आएको छ । तर स्वयं बीपीलाई नै प्रजातान्त्रिक समाजवाद कस्तो हुन्छ भन्ने विस्तृत खाकाका विषयमा दिग्भ्रम थियो । त्यस विषयमा उनलको विस्तृत कुनै दस्वावेज पनि छैन । तर २०४७ को प्रजातन्त्र पुनस्र्थापनायताका कांग्रेस नेतृत्वका सरकार र पार्टीका लागि प्रजातन्त्रिक समाजवादका आर्दशहरु केवल नारा र पूँजीवादका कथित मान्यताहरु कार्यक्रम तथा रणनीति बनेका छन् । घिनलाग्दो उदारबावाद उसको सिद्धान्त बनेको छ । त्यसो त नेपाली कांग्रेसकै मूर्धन्य भाष्यकार प्रदीप गिरि बीपी कोइरालालाई सिद्धान्तकारभन्दा पनि राजनीतिक नेताको रुपमा मान्छन् । त्यसो त नेपालको प्रजातान्त्रिक आन्दोलनको राजमार्ग पनि टेठोमेढो देखिन्छ । इतिहासकारहरुले २००७ सालको क्रान्तिको जश वीपी कोइरालालाई दिएका छन् । तर राजा त्रिभुवन र नेपालका लागि तत्कालीन भारतीय राजदूत पनि यही क्रान्तिका सन्र्दभमा जश लिने होड्मै रहेको पाइन्छ । त्यसमाथि दिल्लीको साउथ ब्लक त हुने नै भयो । वीपीको राजनीतिक जीवनमा कतै तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुसंगको अति निकटता त कहीं अन्योल भेटिन्छ । भारतीय समाजवादी नेता राममनोहर लोहियासँगको सैद्धान्तिक र वैचारिक निकटताका कारण तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आपतकाल घोेषण गर्नु पूर्व वीपीका लागि प्रवास असहज बन्छ । यही परिस्थितिमा राष्ट्रिय मेलमिलाप नीति आएको थियो ।


तत्कालीन निरङकुश राजतन्त्रसंग घाँटी जोडेर हिंड्ने यो नीति कति गलत थियो भन्ने कुरा समयले नै प्रमाणित गरिसकेकेको छ । यस नीति बीपी चुकैकै हुन् । सही थियो भन्ने कुरामा अझै पर्याप्त वहस हुनसकेको छैन ।
अझ रमाइलो पक्ष देशभित्रको र बाह्य जगतको समेत कुनै ठोस वस्तुगत आधारबिनै बीपीले घोषणा गरेका २०१८ र २०३० को सशस्त्र संघर्ष । त्यो सफल पनि भएन मात्र होइन कि राम्रोसंग प्रयोग समेत हुन पाएन केवल क्षति बाहेक । तसर्थ बीपीलाई स्मरण गर्दा इतिहासका पानामा अंकित यी सबै प्रकरणबारे वस्तुनिष्ठ ढंगले थप वहस हुन जरुरी छ ।
यद्यपि बीपी नेपाली राजनीतिका अग्लो राजनेता भने पक्कै पनि हुन । माक्र्सवादबाट प्रभावित उनको आर्थिक नीति पहिलो निर्वाचित सरकारको कार्यक्रम थियो । त्यसपछिका राजाकाल वा प्रजातन्त्र र गणतान्त्रिक सरकारले पनि कुनै न कुनै रुपमा त्यसको अनुशरण गरेका छन् । यद्यपि राजनीतिक कार्यक्रमका सन्दर्भमा बीपीमा प्रशस्त अस्पष्टता र अन्योल भेटिन्छ । त्यसैले राजनीतिमा भन्न नसकेका वा व्यवहारमा उतार्न नसकेका आर्दश उनका साहित्यिक कृतिमा प्रष्फुटित भएका छन् ।
दशक लामो जेल जीवन र त्यत्तिकैको प्रवासले बीपीलाई विश्वेश्वरप्रसाद कोइराला नामको मूर्धन्य साहित्यकारको रुपमा परिचित गराएको छ । नेपाली साहित्यको क्षितिजमा उनको योगदान युगौंसम्म जीवित रहने छ । बीपीलाई राम्रासंग बुझ्न केही समय अघि प्रकाशनमा आएको समाजवादी चिन्तक तथा कांग्रेसकै नेता प्रदीप गिरिको सम्पादकत्वको विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि संकलन नामक पुस्तक निकै उपयोगी देखिन्छ । आत्मबृत्तान्त र जेल डायरीका बारेमा अझै पनि केही अष्पष्टता र आधिकारिकताको अभाव रहेको छ ।

बीपी कोइराला र तत्कालीन चिनिया प्रम चाओ एन लाए, फाइल फोटो ।


आज १०७ औँ बीपी जन्मजयन्ती । वीपीको उत्तारधिकारवाला दल र तिनका नेतृत्व पंक्ति सदाभैंm वीपीको स्मरणमा कर्मकाण्डी हिसबाले मात्र जुटेको छ । सैद्धान्तिक र व्यवहारिक रुपमा बीपीका आर्दशलाई तिलाञ्जली दिएर वर्षको एक दिन स्मरणको नाममा व्यक्ति पूजा गर्नुभन्दा बीपीले कोरेको र भोगगेको समयलाई बुझेर आजको सन्दर्भमा अपनाउने पर्ने मार्गचित्र तयार गर्न सकेमामात्र बीपीप्रतिको साँचो स्मरण हुने निश्चित छ । त्यसमाथि बीपीले भोगेको जीवनबारे वस्तुनिष्ठ समीक्षा आवश्यक छ । यसैलाई मध्यनजर गर्दै एबीसी टेलिभिजन र नेपालपेजडटकमले फागुन २३ देखि २६ गतेसम्म बीपी जन्मजयन्तीका अवसरमा विशेष खोजमूलक समाग्रीसहितको प्रस्तुति गरिरहेको छ । आशा छ, हामीले गरिरहेको प्रयासले बीपीको योगदानको यथार्थ मूल्यांकनको खोजीको जगमा एउटा इँटा थप्नेछ । बीपी बुझ्न चाहने राजनीतिमा तिर्सना भएकाहरुमा अरु बढी छटपटी थपिदिन्छ कि भन्ने हाम्रो आशा छ ।


बीपीलाई बुझ्दा त्यो बेलाको समय, र त्यसपछि नेपालमा अभ्यास भएका क्रान्ति, प्रतिक्रान्ति, शान्तिपूर्ण आन्दोलन तथा बीपी र प्रचण्ड, बीपी र मनामोहन, बीपी र मदन भण्डारीका बारेमा उनीहरुले अगाडि सारेका प्रस्थापना र अभ्यासको समेत तुलनात्मक अध्ययनले मात्र बीपी कोइरालाको बास्तविक स्थानलाई खुट्याउन सघाउ पुग्न सक्छ । त्यससैगरी बीपी र राज त्रिभुवन तथउ महेन्द्रबीचको सम्वन्ध र सकटाक्ष, बीपी र पुष्पलालले अगुगाई गरेका आन्दोलनको ससमक्षा अर्को अनिवार्य पक्ष हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board