गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

कास्की, २४ भदौ ,गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कास्कीका ९, बागलुङका १ र नवलपरासीपूर्वका १ जना छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो सांझ उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board