बलिउड नायिका कंगनाको अफिसमा चल्यो डोजर (भिडियोसहित)

काठमाडौं, २४  भदौ  । बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो । बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस भत्काएका छन् ।

बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात नायिका कंगना रनावतले निरन्तर आवाज उठाउँदै आएकी छिन् । आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् । कंगनाले बीएमसीको विरुद्धमा उच्च न्यायलयमा उजुरी दिएकी छिन् । कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र त्यसलाई तोडेको उल्लेख गरेकी छिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board