ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौं, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा बिहीबार बस्ने सचिवालय बैठक र शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे छलफल हुनेछ ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने स्रोतले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति