जनकपुरको नोचा पोखरीको सरसफाई (फोटोफिचर)

काठमाडौं, २४ भदौ । जनकपुरको प्रतिष्ठित र पर्यटकीय पोखरीहरुमध्ये एक रहेको नोचा पोखरीमा याम्स टिमका अगुवाहरुले सरसफाई गरेको छ ।

लकडाउन र निषेधाज्ञामा पनि पोखरीको डिलमा स्वच्छ वातावरणको खोजी गर्दै आउने गरेको सर्वसाधारण तथा दुर दराजबाट आउने गरेका पयर्टकहरुलाई पुनः आकर्षण गर्नको लागि पोखरीको पुरानो स्वरुपलाई उजागर गर्न लागिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ स्थित रहेको सो पोखरी घुम्न जाने पर्यटकहरुबाट फोहोर भएको अवस्थामा लकडाउनको सदुपयोग सहित याम्सका पदाधिकारी तथा युवाहरुले पोखरीलाई पूर्ण सरसफाई गरेर आसपासको वातावरणलाई स्वच्छ बनाएको बताएका छन् ।

“यहाँ घुम्न आउने पर्यटकहरु बाट एकदम फोहर भइसकेको थियो त्यो कारणले गर्दा यहाँ आउने पर्यटकहरुमा अलिकति गिरावट आएको थियो उक्त समस्यालाई मध्यनजर गर्दै याम्सका टीमले आज सरसफाई आयोजना आयोजित गरेको थियो। पोखरीको चारैतिर सरसफाइको कारणले गर्दा अहिलेको वातावरण एकदम सक्छ स्वच्छ र सफा भएको छ।”– याम्सका राघव राज साहले जानकारी दिए

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति