मुलुकभर १४४ कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै

काठमाडौँ, २४ भदौ । मंगलबारसम्म देशभर १४४ कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४४ संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ।

आईसीयूमा उपचाररत संक्रमित बागमती प्रदेशमा सबभन्दा बढी रहेका छन्। बागमतीमा ८५ जना संक्रमितलाई आईसीयूमा राखेर उचार भइरहेको छ। त्यस्तै प्रदेश २ मा २४ जनालाई आईसीयूमा राखी उपचार भइरहेको छ।

प्रदेश ५ मा २० संक्रमितलाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने प्रदेश १ मा ६ जनालाई राखिएको छ। त्यस्तै गण्डकी प्रदेशमा ५ तथा कर्णाली प्रदेशमा ३ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी सूदूरपश्चिम प्रदेशमा १ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

त्यस्तै देशभर २३ जनालाई भेन्टिलेटरमा राखिएको प्रवक्ता डा. गौतम बताउनुभयो। बागमती प्रदेशमा २२ तथा प्रदेश ५ मा १ जनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति