स्वास्थ्यका लागि खाना खाने उत्तम समय यस्तो छ

एजेन्सी – राती अबेर खाना खानुभन्दा बेलुका सबेरै खाना खाएर सुत्नु स्वास्थ्यका राम्रो मानिन्छ । शरीरको तौल सन्तुलित राख्न चाहनेहरुले त बेलुकी ७ बजेपछि खाने कुरा नखाएकै राम्रो । दिउँसो नै धेरै खानेकुरा खाइएको छ भने त बेलुका सकेसम्म कुनै पनि खानेकुरा नखाएकै राम्रो ।

यसरी दिउँसो पनि खानु र राती सुत्ने बेला पनि खानु भनेको मोटोपनालाई निम्त्याउनु हो । अर्कोतर्फ विज्ञहरुले बेलुकीको ७ बजे डिनर खाइसक्नु स्वास्थ्यको दृष्टिले धेरै राम्रो भएको बताउँने गरेका छन् । राती सुतेपछि शारीरिक गतिविधि शुन्य हुन्छ । तसर्थ, खाएका खानेकुरा पच्न पाउँदैन । त्यसले गर्दा पेटमा समस्या हुने, निन्द्रा नलाग्ने र निन्द्रा विथोलिने हुन्छ ।

राती खान नहुने केही खाने कुरा यस्ता छन्राती टन्न भात खाएर सुत्नु भनेको भुँडी बढाउनु हो । त्यसैले बेलुकीको खानामा रोटी समावेश गरे निकै राम्रो हुन्छ ।स्वास्थ्यलाई खासै राम्रो नगर्ने र पाचन प्रणालीमा पनि समस्या ल्याउने तथा तौल बढाउने खालका खाने कुरा सुत्ने बेलामा खानु हुँदैन । यस्तो खाने कुराले पेटमा समस्या त ल्याउँछ नै निद्रा पनि विगार्छ ।

रातको समयमा खाना पछि उच्च क्यालोरीयुक्त खानेकुरा जस्तै, जेरी, रसवरी खानुहुँदैन ।फलफूलमा पनि सुगरको मात्रा धेरै हुने भएकाले सुत्ने बेलामा नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । अम्लीय तत्व भएका फलफूल तथा जुस रातमा पिउनु पनि पाचन क्रियाको दृष्टिले उपयुक्त मानिँदैन । आलु, आलुचिप्स जस्ता खानेकुरा पनि सुत्ने बेलामा नखाएकै राम्रो । यस्ता खाने कुरामा उच्च मात्रामा क्यालोरी, चिल्लो तथा सोडियम हुन्छ र सुत्ने बेलामा खादा स्वास्थ्यलाई खासै फाइदा गर्दैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board