चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

बेइजिङ,२३ भदौ चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गर्नु भएको छ ।

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन गर्नु हुने क्रममा प्रशंसा गरेको समाचारमा जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण शुरु भएको थियो

उक्त समयबाट शुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मङ्गलबार जनाएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार १४४ कोरोना भाइरस सङ्क्रमित भएका थिए । यस सङ्क्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board