अभिनेत्री रिया चक्रवर्ती पक्राउ

काठमाडौं – बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको बताएको छ । अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले अभिनेत्री चक्रवर्तीमाथि सोधपुछ गरिरहेको थियो ।

रियाका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको छ । गएको ५ सेप्टेम्बरमा शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका व्यवस्थापक रहेका स्यामुएल मिरान्डालाई एनसीबीको टिमले पक्राउ गरेको थियो । बलिवुड अभिनेता सुबान्त सिंह राजपूतको मृत्युको विषयमा यो तेस्रो पक्राउ हो । सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको जनाईएको छ ।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको मामिलाको जाँच एनसीबीले गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board