चितवन, २३ भदौ । चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी, मकवानपुर र बाराका एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया