दैनिक कोरोना संक्रमण सवैभन्दा अगाडी भारत : एकैदिन ७५ हजार मानिस संक्रमित

काठमाडौं, २३ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण केहि दिनदेखी भारत सबैभन्दा अगाडि देखिएको छ । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा सोमबारदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अगाडी रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ७५ हजार २२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board