कोरोना विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

मस्को, २२ भदौ । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् युएई, फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिए ।

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो । अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board