जापानमा भीषण आँधीः पाँच लाख बढी घरपरिवार प्रभावित, ५० जना घाइते

काठमाडौं, २२ भदौ । जापानमा आएको भीषण आँधीका कारण कम्तीमा ५० जना घाइते भएका छन् । आँधीबाट ५ लाखभन्दा बढी घरपरिवार प्रभावित भएको समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुको घरमा अहिले विद्युत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।

देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न आज निर्देशन दिइएको छ । उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका स्थानमा ठूलो क्षति पु¥याएको छ । जापानको मौसम विभागका अनुसार आज दिउँसोबाट आँधीको बेग कमजोर भए पनि कतिपय क्षेत्रमा यातायात सेवा अझैसम्म प्रभावित बनेको छ । कैयौं स्थानमा बुलेट रेलको सञ्चालनसमेत रद्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति