काठमाडौं, २२ भदौ । भीमदत्त नगरपालिकास्थित सार्क विद्यालयले विद्यार्थीका लागि ‘ओपन बुक’ परीक्षा सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमणमा अनलाइन कक्षा सञ्चालन गरी ओपन बुक परीक्षा गरिएको हो । युरोपियन देशले अपनाएको यो परीक्षा प्रणाली नेपालमा सम्भवतः सार्क स्कुलमा पहिलो पटक प्रयोगमा ल्याइएको छ ।
विद्यालयका प्रधानाध्यापक सुर्य घिमिरेले कोरोना सङ्क्रमणमा अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीको शैक्षिक अवस्था सुधारमा टेवा पु¥याउन ओपन बुक परीक्षा गरिएको बताए । कोरोना सङ्क्रमणले विद्यालय सञ्चालन हुने अवस्था नभएपछि कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ ।
प्रधानाध्यापक घिमिरेले लकडाउनले शिक्षक विद्यार्थीको भौतिक उपस्थिति विना गरिएको अनलाइन कक्षा सञ्चालन गरी लिइएको परीक्षामा पढाइमा कमजोरी नआएको देखिएको बताए । विद्यार्थीको पढाइ तथा लेखाइमा कुनै कमि नआएको देखियो उनले जानकारी दिए ।
परीक्षामा मौलिक, रचनात्मक र खोज तथा अनुसन्धानात्मक प्रश्नबाट विद्यार्थीको सिकाईको लेखाजोखा राम्ररी गरिएको पाइएको छ । विद्यालयका अनुसार परीक्षामा ८० प्रतिशत विद्यार्थीले प्रश्नपत्र लिएकामा इमेल, कुरियर र मेसेन्जरबाट उत्तर पठाएका छन् । इमेलसहितका साधनको पहुँचमा नभएका विद्यार्थीलाई वैकल्पिक माध्यमबाट परीक्षाको मापदण्डभित्र समेटिने प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।
बीस मिनेट प्रस्तुती, २० मिनेट शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया तथा १० मिनेट विद्यार्थी÷विद्यार्थीबीच अन्र्तक्रिया र बाँकी १० मिनेट निचोड तथा गृहकार्य राखिएको प्रधानाध्यापक घिमिरेले बताए । सार्कले आफ्नो छुट्टै एप्सबाट पढाइ भइरहेको र त्यसमा गृहकार्य अपलोड गर्न मिल्ने तथा गृहकार्य स्वतः जाँच हुने व्यवस्था गरिएको छ । सार्कले अन्य विद्यालयले पनि अनलाइन कक्षा र ओपन बुक परीक्षा सञ्चालन गर्न चाहेमा सार्क एप्स र आइडी तथा पासवर्ड उपलब्ध सहयोग गरिने प्रधानाध्यापक घिमिरे बताए ।
COMMENTS