राष्ट्रपति भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त भएका छन् । ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका हुन।पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका

युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको राष्टपति कार्यालयले जनाएको छ ।

यसैवीच, राष्ट्रपतिले आफ्नो सचिवालय र विज्ञहरुको टीम घटाएर सानो बनाउन थालेको शीतलनिवास स्रोत जनाएको छ।

यसअघि राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसकेपछि सो ठाउँमा कसेको पनि नि युक्ति भएको छैन ।त्यसैगरी सञ्चार विज्ञ माधव शर्मा र सुरक्षा मामिला विज्ञ नेत्र थापाले पनि विदा लिइसकेका छन् भने सचिवालयमा कार्यरत दीपा शर्माले पनि विदा लिएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति