बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु

बाँके, २२ भदौ । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।

१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएकोमा १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको कोहलपुरमा उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति