धेरै संक्रमित हुने देशको दोस्रो स्थानमा भारत , एकैदिन ९१ हजारमा संक्रमण

काठमाडौं, २२ भदौ । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । सोमवार विहानसम्म ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार विहानसम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board