भारतमा कोरोना भयावह बन्दै : ब्राजिललाई पछि पार्दै भारत पुग्यो दोस्रो स्थानमा

काठमाडौं, २१ भदौ । कोरोना संक्रमितको संख्या हाम्रो छिमेकी देश भारतमा लगातार बढिरहेको छ । संक्रमितको संख्याको आधारमा भारत ब्राजिललाई पछिपार्दै दोस्रो नम्बरमा पुगेको छ । अब भारतभन्दा अगाडि अमेरिकामात्रै छ । भारतमा दैनिक ८० हजारको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । दिनमा एक हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

भारत अब कोरोना प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा पुगेको विश्वभरको कोरोना सम्वन्धि अपडेट दिईरहेको वल्र्डमिटरले जनाएको छ । । भारतले ब्राजिललाई पछि पारेको छ । कोरोना संक्रमित देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ । भारतमा संक्रमितको संख्या झण्डै ४१ लाख ६० हजार ४ सय ९३ पुगेको छ । ब्राजिलमा भारतमा भन्दा थोरैमात्र कम संक्रमित छन् । ब्राजीलमा ४१ लाख २३ हजार संक्रमित रहेका छन् ।

भारतमा झण्डै ७१ हजार १ सय २० जनाको ज्यान गएको छ । ब्राजिलमा १ लाख २५ भन्दा धेरै र अमेरिकामा १ लाख ८८ हजार भन्दा धेरैको ज्यान गएको छ । भारतभन्दा अगाडिको अमेरिकामा संक्रमितको संख्या ६२ लाख भन्दा धेरै पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board