आईपीएल २०२० क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं, २१ भदौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेलको तालिका सार्वजनिक भएको छ । आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १३औं संस्करणको आईपीएल टि-२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन् ।

खेलतालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ । गत मार्चमा सुरु हुने ओरिजिनल तालिका भए पनि कोरोना महामारीका कारण आईपीएल हुन सकेको थिएन । यसपटक आईपीएल युएईको तीन मैदानमा हुँदैछ ।

यस्तै सेप्टेम्बर २० मा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।  सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा किँग्स इलाभेन पञ्जाबविरुद्ध खेल्नेछ । आइपिएलका २४ खेल दुबईमा, २० खेल अबुधावीमा र १२ खेल शारजहाँमा हुनेछन् ।

तालिका हेर्नुस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board