कर तिर्ने म्याद थप्न चेम्बरको माग

काठमाडौं, २१ भदौ । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्व सचिवलाई पत्राचार गर्दै अहिले राजश्व दाखिला गर्न सक्ने अवस्थामा उद्योगी–व्यवसायी नरहेको बताएका छन् ।

पहिलेको लकडाउनभन्दा अहिले कडा निषेधाज्ञा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने भएकाले समय थपिदिनुपर्ने अध्यक्ष श्रेष्ठको आग्रह रहको छ । निषेधाज्ञाका कारण खातापाताहरु कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेका कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताए । सरकारलाई राजश्व तिर्न निजी क्षेत्र सधैं तयार रहेको भन्दै उनले महामारीका बेला व्यवहारिक कठिनाइ भएका कारण समय थप गर्नु पर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board