भारतीय अभिनेता सुशान्त मृत्यु प्रकरण: प्रेमिकाका भाइसहित ४ जना पक्राउ

काठमाडौँ, २१ भदौ । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीसहित ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले नियन्त्रणमा लिएको हो। बीबीसी हिन्दीले जनाए अनुसार दीपेशले लागुऔषध खरिद एवं कारोबार गर्ने गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति