चितवन मेडिकल कलेजमा कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन, २१ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board