सन्दीप आवद्ध टीम जमैका फेरि पराजित

काठमाडौं, २१ भदौ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।

जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ स्थानमा रह्यो ।९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका भने ७ अंकसहित चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति