चितवनमा थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ भदौ ।  चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो । चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् । भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवनकै राप्ती–२ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ । यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board