प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय पुग्यो

काठमाडौं, २० भदौ । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो ।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ/आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ । सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति