मोरङमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

मोरङ, २० भदौ । मोरङमा कोरोनाभाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

शुक्रबार कोरोना पोजेटिभ आएका उनलाई कोशी अस्पतालको कोरोना उपचार केन्द्र विराटनगरमा भर्ना गरिएकोमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमो धनपालथान गाउँपालिका ३ बस्ने ५५ वर्षीय पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गएराति पनि मोरङमा २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति