तनाव कम हुने अपेक्षा : भारत र चीनका रक्षामन्त्रीबीच वार्ता

काठमाडौं, २० भदौ ।  भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो ।

वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा आसपास भएको तनाव साम्य पार्ने विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चिनियाँ रक्षामन्त्री विई फिङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको यो वार्तापछि सीमा क्षेत्रमा दुई देशका सेनाबीच बढेको तनाव कम हुने अपेक्षा गरिएको छ ।पछिल्लो पटक ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति