पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, १९ भदौ । बिहिबार भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । आज काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board