पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

काठमाडौं, १९ भदौ । ललितपुरको कुपोण्डोलमा बिहीबार भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवक पक्राउ परेका छन् । रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा भएको झडपमा ती युवकले पत्रकारको प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हानेको दृश्य भाईरल भएको थियो । इमाडोलबाट महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जनलाई प्रहरीले पक्राउ गरेका छन् ।

अपराध महशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडपको बिषयमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति