मन्त्रिमण्डल हेरफेर हुँदैन ढुक्क भएर काम गर्नुस् : प्रधानमन्त्री

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासनसमेत दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।

खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने एक मन्त्रीले बताए । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवादसमेत दिएका छन् । बिहीबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सरकारले यसै अनुसार गौतमको नाम सिफारिस गर्ने भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board