विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६२ लाख नाघ्यो , यस्तो छ सार्क मुलुकहरुको तथ्यांक

काठमाडौं, १९ भदौ । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ६२ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ६२ लाख ८ हजार ६ सय ९० जना संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६१ लाख ४९ हजार २ सय ६४ पुगेको छ। त्यस्तै ब्राजिलमा ४० लाख ४१ हजार ६ सय ३८, भारतमा ३८ लाख ५३ हजार ४ सय ६ र रुसमा १० लाख ६ हजार ९ सय ३२जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ६७ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख ६७ हजार २ सय १९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ८६ हजार ७ सय ८५, ब्राजिलमा १ लाख २४ हजार ६ सय १४, मेक्सीकोमा ६६ हजार ३ सय २९, बेलायतमा ४१ हजार ६ सय १५, इटालीमा ३५ हजार ५ सय ७ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ७४ लाख ३२ हजार १ सय ६५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३४ लाख २९ हजार २ सय २९, अमेरिकामा २२ लाख ६६ हजार ९ सय ५६, रुसमा ८ लाख २४ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४२ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २४ हजार २ सय ७ जना संक्रमणमुक्त भएका छन् भने २ सय ५७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३८ लाख ५३ हजार ४ सय ६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६७ हजार ३ सय ७६ पुगेको छ। भारतमा हालसम्म २९ लाख ७० हजार ४ सय ९२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९७ हजार १४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय २८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८१ हजार ९ सय २५ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख १९ हजार ६ सय ८६ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १३ हजार ९ सय ८० छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार २ सय ८८ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ३ सय ९० जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार २ सय ८१ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ४ सय ८३ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ११ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ८३ रहेको छ।

भुटानमा संक्रमितको संख्या २२७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १४४ छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board