ललितपुरमा बिहान ४ बजेदेखि कर्फ्यु : आदेशको उल्लंघन गरे गोली समेत हान्न सक्ने

काठमाडौं, १९ भदौ जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (शुक्रबार) ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लागू गरिएको छ ।

मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको उनले बताए ।जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ ।

यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।’कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीबीच विहीबार झडप भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्रुग्यास र लाठीचार्ज गरेको थियो। यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति