ट्राफिकलाई निर्घात पिट्नेहरुको खोजीमा प्रहरी

कामठाडौं, १८ भदौ । ललितपुरको कुपण्डोलमा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झडप भयो । उक्त झडपमा बाक्लो भिडमा आक्रोसित युवाहरुले एक ट्राफिक जवानमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

प्रहरीले उक्त ट्राफिक प्ररहीमाथि कुटपिट गर्ने व्यक्तिहरुको खोजी सुरु गरेको जनाएको छ । रथ तान्न भेला भएकाहरुले ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीमाथि मंगलबजारमा कुटपिट गरेका हुन् । घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गरिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनाको सीसीटीभी फुटेज र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका भिडियो हेरेर घटनामा संलग्नको पहिचान भइरहेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति