कर्णालीमा दाउरा छोप्न गएका तीन जना बेपत्ता

राजापुर, १८ भदौ । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् ।

कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति