लिपुलेकमा विशेष निगरानी गर्न आफ्ना सेनालाई भारतको निर्देशन

काठमाडौं, १८ भदौ । चीन-भारतबीच विवादित सिमाक्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा भारतले विशेष निगरानी गर्ने भएको छ । भारत सरकारले आफ्नो सेनालाई पाल र भुटानको सीमा क्षेत्रमा बिशेष निगारनी गर्न निर्देशन दिएको छ ।

पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत-चीन सेनाबीच २९-३० अगस्तमा आमने-सामने भएको खबर सार्वजनिक भएको थियो । भारतले उत्तरी सीमा क्षेत्रमा उच्च‍ सतर्कता अपनाएको जनाईएको छ । स्पुतनिक न्युजले समाचारमा जनाए अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल-भारत चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको हो ।

नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको भारतीय सञ्‍चारमाध्यम इकोनमिक टाइम्सले लेखेको छ । यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल-भारतबीच तिक्तता उत्पन्‍न भएको थियो । उक्त तिक्तताको परिणाम नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नयाँ नक्सा जारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board